सिन्धुपाल्चोकमा ४.७ रेक्टर स्केलको भूकम्प
annapurnapost.com · Mon Jul 25 00:52:00 GMT 2022
काठमाडौं : सिन्धुपाल्चोकमा सोमबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ :०७ बजेमा सिन्धुपाल्चोक हेलम्बुको आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।
स्थानीयवासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन्। भूकम्प गएलगत्तै स्थानीय बाहिर निस्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)