मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘स्वदेशी वस्तु खरिद अनिवार्य गर’

ekantipur.com · Sat Jan 20 01:20:32 GMT 2024

काठमाडौँ — नेपाल उद्योग परिसंघले स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न आग्रह गरेको छ । राजधानीमा बिहीबार आयोजित स्वदेशी मिट एन्ड ग्रिटमा परिसंघले यस्तो आग्रह गरेको हो । परिसंघले स्वदेशी अभियानमा आबद्ध उद्योगका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नेलगायत गतिविधि सञ्चालन गरिरहेको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले जनाए ।

स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि वार्षिक बजेटमा नीतिगत सुझाव दिने, आन्तरिक एवं बाह्य सञ्जालमा स्वदेशी वस्तु तथा सेवाको पहुँच बढाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य, बिजनेश टू बिजनेस (बीटूबी) पोर्टल सञ्चालनलगायत कार्य गरिरहेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)