मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

छुट र अनुदानलाई निजी क्षेत्रको स्वागत

ekantipur.com · Mon May 31 01:09:08 GMT 2021

काठमाडौँ — आर्थिक वर्ष २०७८/८९ को बजेटमा छुट र अनुदानलाई निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संघसंस्थाले विज्ञप्ति सार्वजनिक गर्दै बजेटको स्वागत गरेका हुन् ।

‘अर्थमन्त्री विष्णु पौडेलद्वारा यही जेठ १५ गते सार्वजनिक आर्थिक वर्ष २०७८/७९ को संघीय बजेटले प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्दै उद्योग व्यवसायको पुनरुत्थान र लगानी विस्तार हुने अधिकांश कार्यक्रम समावेश गरेको छ । महासंघद्वारा प्रस्तुत अधिकांश सुझाव समावेश गरिएको बजेटलाई महासंघले स्वागत गर्दछ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीले स्वास्थ्य जटिलतासँगै आर्थिक समस्यासँग जुध्नुपरेको छ । यस्तो अवस्थामा बजेटको प्राथमिकताले सकारात्मक सन्देश दिएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)