के ‘नेकपा’ ब्युँताउन थालिएको हो ?
rajdhanidaily.com · Sun Mar 17 23:11:24 GMT 2024
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्ने जनाएका छन् । पछिल्लो समय प्रमुख कम्युनिस्ट पार्टीहरूको समेत सहभागितामा बनेको नयाँ सत्तारूढ गठबन्धनबाट समेत उनी उत्साही छन् ।
वामपन्थी दल विभाजित भए कम्युनिस्ट आन्दोलनको उपलब्धि जोगाउन नसकिने बताउँदै उनले वामपन्थी शक्ति मिल्नुको विकल्प नभएको बताएका छन् । काठमाडौंमा गत साता आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)