मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

उदयपुर अस्पतालको डाइलासिस सेवा चल्यो

rajdhanidaily.com · Sat Jan 20 23:28:29 GMT 2024

उदयपुर । जिल्ला अस्पताल गाईघाटमा हेमोडाइलासिस सेवा सुरु भएको छ । हेमोडाइलासिस सञ्चालनका लागि उपकरण जडान गरेको एक महिनापछि सञ्चालनमा आएको हो । उपकरण जडान गरे पनि बिरामी नआएकाले सेवा सञ्चालन हुन सकेको थिएन ।

उपकरण जडान गरेको एक महिनापछि उदयपुरगढी गाउँपालिका–४ डुम्रेका २९ वर्षीय दिलबहादुर मगरबाट हेमोडाइलासिस सञ्चालन सुरु भएको हो । आफ्नै जिल्लाको सरकारी अस्पतालमा मिर्गौलाको उपचार हुन्छ भन्ने थाहा नपाएका मगर डाइलासिस गर्न बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्योभन्दा अघि काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पताल जाने गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)