भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित अगाडि बढ्न आवश्यक छ : डा भट्टराई
ratopati.com · Thu Jun 08 22:36:00 GMT 2023
भक्तपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाललाई बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित नेता अगाडि बढ्नुपर्ने बताएका छन् । आजदेखि भक्तपुरमा सुरु भएको पार्टीको दुई दिने केन्द्रीय समिति बैठकमा उनले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको वर्तमान अवस्थामा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्प नेतादेखि कर्मचारीसम्ममा हुनुपर्ने बताएका हुन् ।
“देशमा चरम भ्रष्टाचारको विकृति चुलिएको छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे खोज्नुपर्ने बेला आएको छ, भ्रष्टाचारको यति ठूलो सङ्क्रामक रोगबाट हामी गुज्रिरहेका छौँ”, अध्यक्ष भट्टराईले भने, “अब भ्रष्टाचारको अन्त्य गर्दै सुशासन दिने र हाम्रै कार्यकालमा देशका लागि समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्छ ।” नेपाल बदल्ने सङ्कल्पसहित नेपाल समाजवादी पार्टी गठन भएको भन्दै उनले आफ्नो पार्टीले निकट भविष्यमा अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)