मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जुरे पहिरोपीडितका लागि जनताबाट संकलित सवा दुई करोड सात वर्षदेखि सरकारी खातामै

nayapatrikadaily.com · Wed Oct 27 00:30:00 GMT 2021

जुरे पहिरोपीडितका नाममा संकलित सवा दुई करोड रुपैयाँ सात वर्षदेखि सरकारी खातामै छ । पीडितका नाममा सहयोगस्वरूप संकलित दुई करोड २४ लाख ६६ हजार रुपैयाँ जिल्ला विपत् व्यवस्थापन कोषको खातामा छ । तर, सरकारले अझै राहत बाँड्न सकेको छैन ।

१७ साउन ०७१ मा मांखा र राम्चेबीचको जुरेमा भीषण पहिरो खस्दा एक सय ३० घर पूर्णरूपमा नष्ट भएका थिए । ४७ घरमा क्षति पुगेको थियो । तत्कालीन केन्द्रीय दैवीप्रकोप उद्धार समितिको २५ साउन ०७१ को बैठकले कार्यविधि बनाएर तीन महिनाभित्र सहयोग रकम खर्च गर्ने निर्णय गरे पनि सरकारी निकाय र पीडितबीच सहमति नहुँदा रकम सरकारी खातामै अड्किएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)