प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा राज्य गम्भीर हुनुपर्छ: सांसद रहबर अन्सारी
gorkhapatraonline.com · Fri Jun 12 13:35:13 GMT 2026

सांसद रहबर अन्सारीले नेपालको प्राकृतिक जैविक विविधताका साथै यहाँको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।
प्रतिनिधिसभाको बैठकमा सभामुखलाई सम्बोधन गर्दै माननीय अन्सारीले जैविक विविधता प्रकृतिको सम्पत्ति भए जस्तै सांस्कृतिक विविधता राज्यको अमूल्य र ऐतिहासिक सम्पत्ति भएको उल्लेख गर्नुभयो। सन् २०१० को अन्तर्राष्ट्रिय महासन्धिप्रतिको प्रतिबद्धतामा हामी १६ वर्ष र देशको संविधान कार्यान्वयनको प्रतिबद्धतामा ११ वर्ष ढिला भइसकेको स्वीकार गर्दै उहाँले यो विधेयक मुलुकका लागि अपरिहार्य रहेको प्रस्ट पार्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)