खाडीको विमान नचढ्दै ‘बिक्री’ भइसक्छन् नेपाली महिला
nayapatrikadaily.com · Sat Nov 12 00:35:00 GMT 2022
दुबई घुम्न जाने भन्दै १२ नेपाली महिला बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । हिमालय एयरलाइन्सले आवश्यक कागजपत्र अध्ययन नगरी तुरुन्तै उनीहरूलाई बोर्डिङ पास उपलब्ध गरायो । शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा स्यानेटरी प्याडभित्र उनीहरूसँग कुवेतको भिसा भेटियो ।
कुन देश जान लागेको भन्दा उनीहरूले राम्रोसँग जवाफ दिन सकेनन् । ग्रामीण क्षेत्रका ती महिलालाई दुबई घुम्न लैजाने भन्दै कुवेतमा लगेर ‘बिक्री’ गर्न लागिएको थियो । सामान्य सोधपुछमै त्यो कुरा खुलेपछि प्रहरीले उनीहरूलाई रोक लगाई अनुसन्धान गरिरहेको छ । सीधै कुवेत जाँदा शंका हुने भएकाले उनीहरूलाई दुबई ट्रान्जिट बनाई भोलिपल्टै कुवेत लैजान लागिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)