भारत इंगित बाबुरामको टिप्पणी-‘हामी सबैका मित्र हौं, कसैका दास होइनौं’
reportersnepal.com · Wed May 26 16:44:47 GMT 2021
काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पार्टीका नेताहरुलाई संविधान पूरै खाली गर्ने शक्तिका मतियार बन्न नहुने सुझाव दिएका छन् । उनले नेपालको संविधान आधा भरी आधा खाली गिलास भन्दै आफूहरु पूरै भर्न हिँडेको उल्लेख गर्दै अहिले पूरै खाली गर्ने शक्तिको मतियार बन्न नसक्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेको छन्-“जसपाका नेता साथीहरूको स्मरणार्थ:१.यो संविधान आधा भरी आधा खाली गिलास भन्दै पूरै भर्न हिॅडेका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्नसक्दैनौं;२.जसपा हिमाल/पहाड/मधेस जोड्ने वैकल्पिक शक्ति हो कुनै एक क्षेत्र/जातिमा सीमित पुरानैको डुप्लिकेट हैन;३.हामी सबैका मित्र हौं कसैका दास हैनौं!”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)