मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोरोना निको हुने दर ९२ प्रतिशत

ratopati.com

कोरोनाविरुद्ध निषेधाज्ञा बिस्तारै खुुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बरभन्दा बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप चार हजार ९१४ जना सङ्क्रमित निको भएका छन् भने दुई हजार १६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणबाट निको हुने दर ९१ दशमलव ९ प्रतिशत छ । विज्ञहरूका अनुसार कोरोना निको हुने दर नेपालमा उच्च छ ।नेपालमा हालसम्म छ लाख ६३ हजार ८५७ जनालाई कोरोना पुष्टि भएको छ भने पाँच लाख ८१ हजार ३२७ जना सङ्क्रमित निको भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)