मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोशी मरिणको सुरुङ खन्ने काम उत्साहजनक, एक महिनाभित्र मुख्य सुरुङ छिचोलिने !

Ujyaaloonline.com · Sun Mar 31 00:08:23 UTC 2024

सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र छिचोलिने भएको छ । १३ किलोमिटर तीनसय मिटर लामो सुरुङको अब सातसय ९० मिटर मात्रै खन्न बाँकी रहेको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । उहाँकाअनुसार सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएमा एक महिनाभित्र छिचोलिनेछ ।

तराई मधेसमा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यकासाथ शुरु गरिएको आयोजनालाई सरकारले प्राथमिकताकासाथ अघि बढाइरहेको छ । सुनकोशीको झण्डै ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ कुसुमटारमा रहेको मरिण खोलामा खसालिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)