दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपाल 'ए' पराजित, आयरल्यान्ड उल्भ्सले जित्यो शृङ्खला
Ujyaaloonline.com · Sun Mar 31 00:08:00 UTC 2024
काठमाण्डौ – आयरल्याण्ड–उल्भ्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपाल 'ए' ४० रनले पराजित भएको छ । आयरल्याण्ड–उल्भ्सले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर पाँच बलमा एक सय ८४ रन बनाउँदा अलआउट भयो ।
नेपाल 'ए' का देव खनालले ४७, विनोद भण्डारीले २६, लोकेश बमले २५ र बसिर अहमदले २७ रन बनाए पनि अरू ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पावरप्लेअघि ८७ रन बनाएर उत्कृष्ट सुरुवात गरेको नेपाल 'ए' का मध्यक्रम र पछिल्लो क्रमका ब्याटरको खेल कमजोर हुँदा नेपालले दोस्रो हार व्यहोर्नुपर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)