‘टिकाः स्टेटलेस सोल’ को छायाङ्कन सुरु
gorkhapatraonline.com · Fri Jun 12 13:48:51 GMT 2026

नेपाली चलचित्र ‘टिकाः स्टेटलेस सोल’ को छायाङ्कन सुरु भएको छ। कास्की जिल्लाको पामेबाट यस चलचित्रको औपचारिक छायाङ्कन सुरुआत गरिएको हो।
कुल ४० दिनको कार्यतालिका सहित निर्माण सुरु भएको चलचित्रको छायाङ्कन गण्डकी प्रदेशको कास्कीमा मात्रै ३० दिन खिचिनेछ भने बाँकी दृश्याङ्कन काठमाडौँ लगायतका स्थानमा गरिने निर्माण पक्षले जनाएको छ। कास्कीको पोखरा र त्यस आसपासका पामे, सराङकोट, निरभाने लगायतका रमणीय स्थलहरूमा चलचित्रको छायाङ्कन गरिने कार्यकारी निर्माता तेजबिक्रम केसीले जानकारी दिनुभयो। कास्कीका विभिन्न आकर्षक स्थान (लोकेसन) ले चलचित्रको कथावस्तुलाई जीवन्त बनाउन थप सघाउ पुर्याउने विश्वास केसीले व्यक्त गर्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)