घरपझोङको झोलुङे पुल जोखिममा
barnanmedia.com · Tue May 20 21:42:38 GMT 2025

मुस्ताङको घरपझोङ गाउँपालिका–१ र २ जोड्ने छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखममा परेको छ । मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले कालिगण्डकी छैरो तिब्बती क्याम्पतर्फको खेतीयोग्य जमिन जोगाउन रिटेनिङ वाल निर्माणको क्रममा झोलुङ्गे पुल जोखिममा परेको हो ।
घरपझोङ–१ छैरो तिब्बती क्याम्पका शरणार्थीलाई लक्षित गरी निर्माण भएको छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल पर्खालको निर्माणका क्रममा जमिन चर्किन पुग्दा झोलुङ्गे पुल जोखिममा परेको हो । छैरो तिब्बती क्याम्पस जाने कालिगण्डकी नदीमा निर्माण भएको पुरानो झोलुङ्गे पुल जीर्ण हुँदा त्यस स्थानमा अर्को झोलुङ्गे पुल निर्माण गरिएको थियो । उक्त पुल क्याम्पतर्फ क्षेत्रमा जमिन चर्किन पुग्दा तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेका क्याम्पका मुखिया टसी ढिन्डुकले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)