मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ यू १७: श्रीलंकामाथि नेपालको फराकिलो जित, फाइनलमा भारसँग खेल

pahilopost.com · Tue Sep 13 00:05:03 GMT 2022

काठमाडौं: श्रीलंकामा जारी साफ यू १७ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकालेको छ। कोलम्बोस्थित रेडकोर्ष स्टेडियममा सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि ७-० गोलको फराकिलो जित निकालेको हो।

खेलको २१ औं मिनेटमा कप्तान प्रशान्त लक्ष्मणको गोलमा नेपालले अग्रता बनाएको थियो। त्यसको दुई मिनेट नबित्दै हरिसराज भट्टले अग्रता दोब्बर बनाए। त्यस्तै सुवास बमले ३० र निरोज कार्कीले ३७ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपाल चार गोलले अघि रह्यो। त्यस्तै खेलको ५१ औं मिनेटमा युनेश बुढाथोकीले ५१ औं मिनेटमा गोल गर्दा सिजल राईले ९० औं मिनेटमा गोल थपे। र, नेपालले घरेलु टोलीमाथि ६-० को फराकिलो जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)