भारत भ्रमणमा जाँदा नेपालीले अब सहजै सिम कार्ड पाउने
annapurnapost.com · Mon Feb 19 16:39:55 GMT 2024
काठमाडौं : नेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन्। भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो। भारतको सञ्चार मन्त्रालयले सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो।
भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका हुन्। त्यस्तै भारतस्थित नेपाली दूतावासले जारी गरेको फोटोसहितको प्रमाणपत्रले पनि सिम कार्ड खरिद गर्न सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)