नपिउने वाचा गरेको खुशी मनाउन नयाँ वर्षमा पियक्कडहरूको जमघट
Ujyaaloonline.com · Sun Apr 14 23:06:09 UTC 2024

वर्षान्तको रात घ्याम्पै रित्याउने गरी पिएपछि उसले कसम खायो, भोलि नयाँ वर्षदेखि जाँड–रक्सी हेर्दा पनि हेर्दिनँ । नयाँ वर्ष शुरु हुने दिन भोलिदेखि पिउने बानी चटक्कै छोड्छु भनेर सुतेको ऊ भोलिपल्ट मध्याह्न भएपछि बिउँझियो । आँखा मिच्दै उठ्यो । जिउ तन्कायो । मोबाइल हेर्याे । ओहो ! आज त नयाँ वर्षको पहिलो दिन । साथीहरूले घुम्न जाउँ भनेका थिए, ढिलो भइसक्यो । हतारहतार नित्यकर्म सकेर बाटो लाग्यो । साथीहरूको जमघट अघि नै शुरु भइसकेको रहेछ । नयाँ वर्षको खुशीयालीमा रमाइलो त गर्नुपर्याे । साथीहरूले पिउन कर गरे । उसले पिउँदिन भनेर कसम खाएको कुरा सुनायो । साथीहरू गलल्ल हाँसे ।
‘पिउन छोडेको उपलक्ष्यमा पनि पिउनुपर्छ’ एक जनाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)