चलचित्र ‘लालीबजार’ छैटौँ हप्तामा प्रवेश, १० करोड क्लबतर्फ उन्मुख
gorkhapatraonline.com · Fri Jun 12 13:52:48 GMT 2026

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको छैटौँ हप्तामा प्रवेश गरेको छ। वि.सं. २०८३ मा हालसम्म प्रदर्शन भएका अन्य नेपाली चलचित्रको तुलनामा ‘लालीबजार’ व्यावसायिक रूपमा निकै अगाडि देखिएको छ।
यस चलचित्रले घरेलु बजारमा हालसम्म ९ करोड रुपैयाँभन्दा बढीको कुल कमाइ (ग्रस कलेक्सन) गरिसकेको छ भने अब यो १० करोड क्लबतर्फ अगाडि बढेको छ। चलचित्रले छैटौँ हप्तामा प्राप्त गरेको प्रदर्शन संख्याले यसको व्यापारिक यात्रा १० करोड रुपैयाँमा पुग्ने निश्चित देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)