पञ्जावसँगको हारपछि दिल्लीको चुनौती समाप्त
ekantipur.com · Sun May 14 00:46:14 GMT 2023
नयाँ दिल्ली — इन्डियन प्रिमियर लिगमा प्रभसिमरन सिंहको पहिलो शतकको मद्दतले पञ्जाव किंग्सले शनिबार दिल्ली क्यापिटल्समाथि ३१ रनको जित रचेको छ । यो जितले पञ्जावको प्ले अफ सम्भावना कायमै रहेको छ भने प्रतियोगितामा दिल्लीको चुनौती समाप्त भएको छ ।
ओपनर प्रभसिमरनले ६५ बलमा १ सय ३ रन बनाए भने पञ्जावले सात विकेटमा १ सय ६७ रन बनाएको थियो । पछि प्रभसिमरनले ३० रनमा चार विकेट लिँदा दिल्ली आठ विकेट गुमाएर १ सय ३६ रनमा अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)