भारतविरूद्ध सैन्य अभियानको नेतृत्व गर्ने सेना प्रमुख मुनीर फिल्ड मार्सलमा बढुवा
barnanmedia.com · Tue May 20 22:40:56 GMT 2025

पाकिस्तानी सेना प्रमुख असिम मुनीरलाई फिल्ड मार्सलमा पदोन्नति गरिएको छ। जियो न्यूजका अनुसार प्रधानमन्त्री शाहबाज शरीफको मन्त्रिपरिषद्ले मंगलबार यो निर्णय गरेको हो ।
भारतविरुद्धको अपरेसन बुनयान–उम–मार्सुसको समयमा सेनाको नेतृत्व गरेकोमा मुनिरलाई पदोन्नति गरिएको हो। पाकिस्तानमा असिम मुनीरभन्दा पहिले सन् १९५९ मा सैन्य तानाशाह अयुब खानले आफूलाई फिल्ड मार्सल घोषित गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)