मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मोरङलाई भेट्रान कप

ekantipur.com · Tue Sep 20 00:50:39 GMT 2022

बारा — सिमरा रंगशालामा भएको मन्जुदेवी गुप्ता स्मृति दोस्रो भेट्रान फुटबल प्रतियोगिताको उपाधि मोरङको जहदा भेट्रान क्लबले जितेको छ । जहदाले फाइनलमा चितवन भेट्रानलाई २–० ले पराजित गरेको हो । विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ जिते । मोरङका डेनिम राई र विनोद धिमालले गोल गरे ।

सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई भए । गोलरक्षकमा मोरङका मीनबहादुर बस्नेत, डिफेन्समा मोरङकै रमेशकुमार बस्नेत, मिडफिल्डमा चितवनका यमु राना र सर्वाधिक गोलकर्तामा सिमराका गोपी भट्ट उत्कृष्ट चुनिए । नेपाल र भारतका १६ टिमले भाग लिएको प्रतियोगिताका विजेतालाई मन्जुदेवीकी छोरा तथा समाजसेवी श्याम गुप्ताले पुरस्कार वितरण गरे । गुप्ताले आमाको नामबाट निजी खर्चमा प्रतियोगिता गराउँदै आएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)