बिर्तामोड नगर अस्पतालप्रति नगरवासीको आकर्षण बढ्दै, गुणस्तरीय सेवाले फेरियो अवस्था
deshsanchar.com · Tue May 20 22:54:06 GMT 2025

झापा— कुनै समय सरकारी स्वास्थ्य संस्था भन्नेबित्तिकै नाक खुम्च्याउने झापाको बिर्तामोडमा अहिले अवस्था फेरिएको छ। बिर्तामोड नगर अस्पतालले गुणस्तरीय र विविध सेवा प्रदान गर्न थालेपछि नगरवासीको आकर्षण ह्वात्तै बढेको छ। हाल दैनिक ४ सयदेखि ५ सय जनाले यहाँबाट स्वास्थ्य सेवा लिइरहेका छन्।
नगर प्रमुख पवित्रा महतारा प्रसाईंले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकता दिएको बताएकी छन्। “चौबिसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ,” उनले भनिन्, “नयाँ भवन निर्माणमा ढिलासुस्तीका कारण केही समस्या भइरहेको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)