संघीयता कमजोर बनाउने खेल भयो
rajdhanidaily.com · Tue May 20 23:25:29 GMT 2025

स्याङ्जा । संघियता कमजोर बनाउने खेलमा संघिय सरकार लागेको भन्दै प्रदेश सांसदहरु असन्तुष्ट व्यक्त गर्न थालेका छन् । गण्डकी प्रदेशको अर्थ तथा विकास समिति र लुम्बिनी, वाग्मती प्रदेशका बिषयगत समितिहरुको अन्तर प्रदेश छलफलमा सांसदहरुले संघियता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्नेमा जोड दिएका छन् । संविधानले प्रदत्त गरेको अधिकारको स्वायत्तता प्रदेशलाई नदिदा कतै संघियतालाई कमजोर बनाउन त खोजिएको हैन भन्ने बिषयमा तीन प्रदेशका बिषयगत समितिहरुले छलफल गरेका थिए ।
गण्डकी प्रदेश सभा अन्तर्गत अर्थ तथा विकास समितिले दुई प्रदेशका बिषयगत समितिका सांसदहरुसगँ प्रदेश—प्रदेश बिचमा भएगरेका बिषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेश र बाग्मती प्रदेशका बिषयगत समितिसगँ छुट्टाछुट्टै भेटघाट गरी छलफल गरेको हो । सरकारी काम, शक्ति र जिम्मेवारीलाई जनताको घरदैलोमा पुग्नुपर्छ भन्ने अभ्यास शुरु गरेको नेपालले संघिय राज्य घोषणा गरेको झण्डै १० बर्ष पुगेको छ । संघियताको बलियो आधार वा जग भनेको प्रदेश नै हो । तिनतहमा सरकारको जिम्मेवारी बाँडफाँड गरिएको एकदशक पुरा भएपनि नागरिकले अझै संघियताको अनुभुत भने गर्न नपाएको गुनासो आइरहेका बेला प्रदेशका सांसदहरुले पनि संघियताको अनुभुत हुन नसकेको गुनासो गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)