मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

छत्रेश्वरी गाउँपालिको प्राथमिकतामा शिशु र बाल उपचार

rajdhanidaily.com · Sun Apr 14 23:20:38 UTC 2024

दाङ । नवजात शिशु र बालरोग व्यवस्थापनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण गरेको छ । आइतबार छत्रेश्वरी ७ को जामुनेखोला स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरुलाई समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन ’bout अनुशिक्षण गरिएको हो ।

विषेश गरी समुदायस्तरमा नवजात शिशुको मृत्युदर घटाउनका लागि र बालवालिकामा हुने रोगहरुको व्यवस्थापन गर्न सबै स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षीत गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले जानकारी दिइन् । नवजात शिशुको स्याहार, जन्मदा स्वास नफेरेको वा नरोएको शिशुको व्यवस्थापन, अवधि नपुगेर जन्मीएको वा जन्मदा कम तौलको शिशुको व्यवस्थापन लगाएतका विषयमा स्वास्थ्यकर्मीहरुलाई दक्ष बनाउनका लागि अनुशिक्षण गरिएको उनको भनाई छ । यस्तै दुई महिना सम्मका विरामी शिशुको उपचार तथा दुई महिना देखि ५ वर्ष सम्मका बालवालिकाको उपचार’bout हरेक स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण गरिरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)