गर्भ निरोधक साधन सायना प्रेस बजारमा
lokaantar.com · Mon Dec 26 23:08:31 GMT 2022
परिवार कल्याण महाशाखाले महिलाले प्रयोग गर्ने गर्भ निरोधक नयाँ साधन “सायना प्रेस (डीएमपीए–एस.सी” बजारमा ल्याएको छ । यसअघि सिन्धुली र नवलपरासी जिल्लामा परीक्षण गरी ललितपुर, कैलाली, रूकुम, मोरङ, पर्सा जिल्लामा प्रयोगमा आइसकेको छ । सो साधनको सेवा नेपाल परिवार नियोजन सङ्घ, उपत्यका शाखा, जडिबुटीबाट पनि प्रदान गरिने सङ्घले जनाएको छ ।
परिवार नियोजनको साधन सायना प्रेस पहिलो पटक प्रयोग गर्दा महिनावारी भएको सात दिनभित्र र त्यसपछिको मात्रा तीन तीन महिनाको अन्तरालमा लगाउन सकिनेछ । सुत्केरी भएको ६ हप्तापछि लगाउन सकिने नेपाल परिवार नियोजन सङ्घ, उपत्यका शाखामा कार्यरत वरिष्ठ नर्स विभा राईले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)