तेल भर्ने क्रममा स्कुटरमा आगलागी
rajdhanidaily.com · Sun Apr 14 23:24:39 UTC 2024

पोखरा । पोखराको एक पेट्रोल पम्पमा तेल भर्ने क्रममा स्कुटरमा आगलागी भएको छ । तत्कालै स्कुटर बाहिर हटाइएकाले सम्भावित ठूलो क्षति जोगियो । पोखरा महानगरपालिका वडा २९, भण्डारढिकथित विन्ध्यवासिनी आय स्टोरमा दिउँसो करिब ४ बजे ग८प ८२१८ नम्बरको स्कुटरमा तेल भर्दै गर्दा एक्कासि आगो लागेको थियो ।
कास्कीको रुपा गाउँपालिका वडा ६, भिरकोटका अतिश खड्काको नाममा रहेको उक्त स्कुटरमा आगो लागेको हो । तत्कालै स्थानीयले आगलागी भएको स्कुटर तानेर पेट्रोल पम्पभन्दा केही पर लगेका थिए । स्कुटरमा तेल भर्ने क्रममा चुहिएको पेट्रोलमा तातेको इन्जिन सम्पर्कमा आएपछि आगलागी भएको हुन सक्ने प्रत्यक्षदर्शीको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)