मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

घुमघाम अब अन्तरिक्षमा

ekantipur.com · Fri Sep 17 00:33:13 GMT 2021

काठमाडौँ — ‘स्पेसएक्स’ ले इतिहास रचेको छ । फेरि एकपटक । त्यो पनि अन्तरिक्षमा पेसेवर यात्रीबिनै पर्यटक पठाएर । कोभिड–१९ का कारण झन्डै दुई वर्षदेखि विश्वकै पर्यटन प्रभावित भइरहेका बेला स्पेसएक्सका मालिक तथा विश्वकै दोस्रो धनी एलन मस्कको ध्यान अन्तरिक्षतिर तानियो ।

उनले स्पेसएक्स कम्पनीको ‘ड्र्यागन क्याप्सुल’ मार्फत चार जना गैरपेसेवर यात्रीलाई बुधबार अन्तरिक्षमा उतारेका छन् । अमेरिकी कम्पनी ‘सीप–४’ का मालिक जरेद आइज्याकम्यान र अन्य तीन जना अमेरिकाको फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रबाट पृथ्वी कक्षको भ्रमणका लागि निजी यात्रामा निस्किएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)