फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा समस्या, एक्कासि चल्न छोडेपछि प्रयोगकर्ताहरू मर्कामा
techpana.com · Fri Jun 12 14:13:52 GMT 2026
काठमाडौं । सामाजिक सञ्जालका प्रमुख माध्यमहरू फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा एक्कासि प्राविधिक समस्या देखिएको छ । शुक्रबार साँझदेखि यस्तो समस्या देखिन थालेको हो ।
यसका कारण नेपालभरका प्रयोगकर्ताहरूले सेवा प्रयोग गर्न पाइरहेका छैनन् । यो समस्यामा प्रयोगकर्ताहरूले आफ्नो अकाउन्ट चलाउँदा चलाउँदै अचानक स्वतः लगआउट हुने अनौठो झमेला बेहोर्नु परिरहेको छ । फेसबुक र इन्स्टाग्रामको फिड लोड नहुने, मेसेजहरू नजाने र लगइन गर्न खोज्दा समथिङ वेन्ट रङ (Sorry, something went wrong) जस्ता सन्देशहरू देखिने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
काठमाडौँ
मेटा