यू–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस, कोसी र वाग्मती विजयी
baahrakhari.com · Fri Jun 12 14:14:41 GMT 2026

सुर्खेत । मधेस प्रदेश यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुर्खेतमा जारी प्रतियोगितामा मधेस हालसम्म अपराजित छ । मधेसले पाँच खेलमा १० अंक जोड्दै एक खेलअगावै फाइनल पुगेको हो ।
शुक्रबार भएको खेलमा मधेसले लुम्बिनी प्रदेशलाई २४ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले निर्धारित ओभरमा तीन विकेट गुमाएर १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएको लुम्बिनी २० ओभरमा चार विकेट गुमाउँदै १३७ मा समेटियो ।
त्यस्तै, अर्को खेलमा कोसी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्यो । शुक्रबार नै भएको खेलमा घरेलु टोली कर्णाली प्रदेश वाग्मती प्रदेशसँग पराजित भयो ।
#क्रिकेट
#नेपाली क्रिकेट
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)