काभ्रेस्थली घटना : पाण्डे दम्पत्तिको खटपटले परिवार नै सखाप
onlinekhabar.com · Mon Aug 01 17:29:09 GMT 2022
१६ साउन, काठमाडौं । तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीकी सुनिता पाण्डेले करिब छ महिनाअघि छिमेकी सुनिता कार्कीसँग आफ्ना श्रीमानलाई संकेत गर्दै भनेकी थिइन्, ‘कुनै दिन मलाई यसैले मार्छ होला, खुकुरी र कर्ध पनि राखिबस्छ ।’
पति दिनेश पाण्डेसँग हुने रातदिनको झगडाबाट वाक्क भएर उनले यसो भनेकी थिइन् होला । तर भयो त्यस्तै । दिनेशले सुनिता मात्र होइन, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिकको हत्या गरे, अनि आत्महत्याको बाटो रोजे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)