मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षकहरूले मासिक रूपमै तलब कहिले पाउने ? 

baahrakhari.com · Wed Jan 18 00:54:00 GMT 2023

काठमाडौं । सरकारले शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गर्ने निर्णय गरेको ६ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा कार्यान्वयन नभएको पाइएको छ । शिक्षा मन्त्रालयको निर्देशनविपरीत अधिकांश स्थानीय तहहरूले मासिक रूपमा तलब निकासा नगरेको शिक्षक संगठनहरूको गुनासो छ । स्थानीय तहहरू भने ठूलो रकम एकैपटक भुक्तानी गर्न कठिनाइ हुने भन्दै तत्काल मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न नसकिने बताउँदै आएका छन् ।

सरकारी सेवामा रहेका अन्य कर्मचारीसरह सरकारी विद्यालयमा कार्यरत सबैखाले शिक्षकहरूले मासिक रूपमै तलब पाउनुपर्ने शिक्षकहरूको लामो समयदेखिको माग हो । माग सम्बोधनका लागि शिक्षक सम्बद्ध संघ संगठनहरूले सरकारलाई पटकपटक दबाब दिने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)