दिलिप रायमाझीकी छोरी दिव्या पनि नायिका
rajdhanidaily.com · Tue Apr 23 23:31:49 UTC 2024

काठमाडौं । अभिनेता दिलिप रायमाझी नेपाली चलचित्रका स्थापित अभिनेता हुन् । अभिनेताका रूपमा नेपाली चलचित्र उद्योगमा दुई दशकभन्दा लामो समय बिताएका दिलिपकी छोरी दिव्या पनि चलचित्रमा आएकी छन् । दिव्या नायिकाका रूपमा चलचित्रमा आएकी हुन् ।
अभिनेता प्रदीप खड्काको नायिकाका रूपमा दिव्याले चलचित्र ‘एक्टर’मा अभिनय गर्ने भएकी छन् । आफ्नो बुबाको प्रेरणाले नायिकाका रूपमा यो क्षेत्रमा आएको दिव्याले बताएकी छन् । दिव्यले नायिकाका रूपमा डेब्यु गर्न लागेको चलचित्र एक्टरको मंगलबार बिहान ललितपुरको भंैसेपाटीमा शुभसाइत गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)