मच्छिन्द्र र पुलिसको उपाधि भिड्न्त आज
rajdhanidaily.com · Sun Apr 14 23:30:04 UTC 2024
सिमरा । जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि सोमबार ए डिभीजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राती हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछन् । दुबै टिम उपाधि जित्दै बर्ष ०८१ को सुखद शुरुवात गर्न चाहन्छन् ।
पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो भने मच्छिन्द्र पहिलो पटक उपाधि नजिक पुगेको हो । यसअघि छैठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसंग २–० ले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)