मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान

ratopati.com · Fri Jun 12 14:17:06 GMT 2026

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट करिब रु चार अर्ब अनुदान पाउने भएका छन्।

अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्तीय हस्तान्तरणमार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेका आठ स्थानीय तहका लागि रु तीन अर्ब ८० करोड ७० लाख बजेट विनियोजन गरेको हो। विनियोजन भएको रकममध्ये सबैभन्दा बढी कावासोती नगरपालिकाले र सबैभन्दा कम बौदिकाली गाउँपालिकाले पाउने भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)