मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कम अनुभव : फाइदा कि बेफाइदा ?

ekantipur.com · Sat Jun 17 01:32:50 GMT 2023

काठमाडौँ — साफ च्याम्पियनसिप फुटबलको असली परीक्षा अब सुरु भयो भन्दा हुन्छ । शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोली बेंग्लोर पुगेको छ । अब सबैको ध्यान दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा केन्द्रित हुनेछ । मनिला उड्नुअगाडि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनिस भन्थे, आफ्नो त सबै ध्यान फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमै अड्किएको छ । अब उनी यसबाट मुक्त भएका छन् । कुवेतसँगको लिग चरणको पहिलो खेलमा आफूलाई अल्मलाउन सक्नेछन् ।

एनिस आफूले आफैंलाई सोध्नुपर्ने पहिलो प्रश्न हुनेछ, के नेपाल साफ सेमिफाइनल पुग्न सक्षम छ त ? यो यस्तो प्रश्न हो, उनीमात्र होइन, सबै नेपाली फुटबलप्रेमीको हुनेछ । यो प्रश्न किन पनि उत्तिकै महत्त्वपूर्ण छ भन्दा नेपालले त्यो पृष्ठभूमिमा यसपल्टको साफ च्याम्पियनसिप खेल्दै छ, जसमा टिमको हैसियत उपविजेता रहेको छ । सन् २०२१ मा भएको पछिल्लो साफ च्याम्पियनसिपमा नेपाल फाइनल पुगेको थियो । टिमका प्रशिक्षक थिए, विवादमा अल्झिरहन मन पराउने कुवेतका अब्दुल्लाह अल्मुताइरी ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)