९६ वर्षपछि विश्वकपमा भिड्दै अमेरिका र पाराग्वे, अर्को आयोजक क्यानडाको खेल मध्यराति
shilapatra.com · Fri Jun 12 14:25:41 GMT 2026
एउटा आयोजक मेक्सिकोले जितेपछि विश्वकपमा मध्यराति र भोलि बिहान अरु दुई आयोजकको खेल हुँदै छ । नेपाली समय अुनसार मध्यराति पौने १ बजे समूह 'बी'को खेलमा क्यानडाले बोस्निया एन्ड हर्जगोभिनासँग खेल्दै छ । यी दुई टिमबीच अहिलेसम्म कहिल्यै पनि प्रतिस्पर्धा भएको छैन । क्यानडा यसपटक संयुक्त रूपमा विश्वकप आयोजक हो । बोस्निया युरोपबाट विश्वकपमा छानिएको हो ।
अर्कोतिर आयोजक अमेरिका र पाराग्वेबीच समूह डीमा पहिलो खेल हुँदै छ । नेपाली समय अनुसार यो खेल भोलि बिहान पौने ७ बजे हुनेछ । अमेरिका दक्षिण अमेरिकी टिम पाराग्वेविरुद्ध हेड टु हेडमा अगाडि रहँदै आएको छ । अहिलेसम्मको ९ प्रतिस्पर्धामा अमेरिकाले ५, पाराग्वले २ जित हात पार्दा दुई खेलमा बराबरी भएको छ । अमेरिकाले १९३० को विश्वकपको समूह चरणमा पाराग्वेलाई ३–० गोलले पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)