मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल कस्तो अनि कसरी बनाउने ?

shilapatra.com · Fri Sep 01 00:30:33 GMT 2023

सर्वप्रथम देश बन्नका लागि नीतिगत रूपमा स्पष्ट बाटो लिन जरुरी छ । तिनै नीतिहरूलाई कार्यान्वयन गर्न एक दृढ निश्चयी व्यक्तित्वहरू चाहिन्छ । यही दृढ निश्चयी जमातको तहलाई मैले ‘साधन वर्ग’को तह भनेको छु । आफूलाई साधन सम्झेर आमनागरिकको खुसीलाई साध्य मान्ने वर्ग । बुद्धको दानपारमिता भनेको अरुको भलाइका लागि आफ्नो स्वत्वको बलिदान गर्नु तर त्यसबापत सट्टाको कुनै चाहना नगर्नुलाई दानपारमिता भनिन्छ । यो बुद्धको दानपारमितासँग सम्बन्धित छ । नीतिगत स्पष्टताको कुरो भनेको सिद्धान्त तहको हो ।

हामीलाई यो ज्ञातै छ कि नेपालमा प्रजातन्त्रको पुनर्स्थापना भएपछि या २०४६ पछि नागरिकको असीमित आकांंक्षालाई समेट्न नेपाली कांग्रेस पार्टीले पुँजीवादी नवउदारवाद अर्थतन्त्रको उपयोग गर्‍यो । नागरिक, जनसंख्या, जनताले यसको उपभोग गरे । खासमा कांग्रेस पार्टीको डकुमेन्टमा प्रजातान्त्रिक समाजवाद उल्लेख छ । यसका निर्माता बीपी कोइरालाको प्रयत्न, अडान, क्रान्ति, सङ्घर्ष, निष्ठा, आदर्श, आलेख र रचनामा पनि प्रजातान्त्रिक समाजवाद नै उल्लेख छ । तर, छयालीस सालपछि भने यसविपरीत बाटोबाट कांग्रेस पार्टी हिँडेको पाइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)