मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी-१९ वर्षमुनिको प्रिमियर कपकाे सेमिफाइनलमा आज नेपाल र जापान खेल्दै

Ujyaaloonline.com · Sat Oct 21 00:35:59 GMT 2023

काठमाण्डाै - मलेसियामा चलिरहेको एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज नेपाल र जापानको खेल हुँदैछ । वाईएसडी यूकेएम ओभलमा हुने खेल अहिले बिहान सवा ७ बजे शुरु हुँदैछ ।

नेपाल समूह 'ए' को विजेता र जापान समूह 'डी' को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा नेपाल अपराजित रहेको छ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)