मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोपा अमेरिका :  इक्वेडरसँग बराबरीमा रोकियो ब्रजिल

nepallive.com · Mon Jun 28 00:20:00 GMT 2021

काठमाडौं – जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र इक्वेडरले बराबरी खेलेका छन्। सोमबा।र बिहान सम्पन्न खेलमा १\१ गोलको बराबरी खेल्दै दुवै टिम क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो।

खेलको ३७औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको इक्वेडर दोस्रो हाफको सुरुमै खेलमा फर्कियो। खेलको ५३औं मिनेटमा इक्वेडरका एन्जल मेनाले गोल गर्दै खेल बराबरीमा ल्याए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)