फ्लाई दुबईको चालक दलले पठायो प्रारम्भिक विवरण
ekantipur.com · Wed Apr 26 00:49:39 GMT 2023
काठमाडौँ — फ्लाई दुबईको विमानका पाइलटले सोमबारको उडानको विवरण नागरिक उड्डयन प्राधिकरणलाई पठाएका छन् । प्रतिघण्टा ३६० किलोमिटरको गतिमा भुइँ छाडेर उड्दै गर्दा आगोको लप्का र ठूलो कम्पन बेहोरेको विमान कसरी गन्तव्यमा पुग्यो ? पाइलटले विवरण दिएका छन् ।
प्राधिकरण स्रोतबाट प्राप्त इमेल विवरणअनुसार फ्लाई दुबईको चालक दलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै अचानक ठूलो हलचल सामना गर्नुपरेको भनेका छन् । एफजेड–५७६ उडानमा १६८ यात्रु राखेर उडेका चालक दलले इन्जिन नम्बर २ (दायाँ इन्जिन) मा समस्या देखेका थिए । उनीहरूले उक्त इन्जिनको पछाडितर्फ रहने ईजीटी (एक्जस्ट ग्यास टेम्प्रेचर) प्रभावित भई ठूलै आवाज ककपिटभित्रै सुनिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)