मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियारद्वारा एक वर्षमा पूर्वप्रधानमन्त्री र सांसदसहित ७५३ जनाविरुद्ध मुद्दा दायर

barnanmedia.com · Fri Jul 25 22:52:27 GMT 2025

आर्थिक वर्ष २०८१/८२ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि ऐतिहासिक वर्ष बेनको छ। यो वर्षमा आयोगले पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध पहिलोपटक भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले गत आर्थिक वर्षमा विशेष अदालतमा १३७ मुद्दाहरूमा ७५३ जना प्रतिवादीविरुद्ध करिब ५ अर्ब ९७ करोड रुपैयाँ बिगो माग गरिएको छ। तीमध्ये ३७ वटा घुस/रिसवत, ३६ वटा गैरकानुनी लाभ, २७ वटा नक्कली शैक्षिक प्रमाणपत्र, २३ वटा सार्वजनिक सम्पत्तिको क्षति, ८ वटा गैरकानुनी सम्पत्ति आर्जन र २ वटा सम्पत्ति शुद्धीकरणसम्बन्धी रहेका छन् । गत वर्ष पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, बहालवाला सांसद मोहन बस्नेत लगायत हाइप्रोफाइलविरुद्ध समेत मुद्दा दायर गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)