यस्तो छ तपाईँको आज
kalakarmi.com · Sun Mar 22 22:48:12 GMT 2026

काठमाडौं– आज २०८२ चैत ९ गते सोमवार, तद्अनुसार २३ मार्च २०८२ । आज चैत शुक्ल पञ्चमी, विष कुम्भ बव कृत्तिका, विश्व मौसम विज्ञान दिवस, सूर्योदय बिहानः ०६ः०५ बजे, सूर्यास्त साँझः १८ः१६ बजे ।
आजको राशिफल
मेष राशि
मेष राशि भएाहरुलाई कुनै प्रभावशाली व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ । तीर्थ दर्शनको अवसर मिल्न सक्छ । विवेकको प्रयोग गर्दा लाभ हुनेछ । पारिवारिक सुख–शान्ति कायम रहने छ । शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ ।
वृष राशि
वृष राशि भएकाहरुको स्वास्थ्य कमजोर रहन सक्छ । काम गर्दा लापरवाही नगर्नु होला । बन्न लागेको काममा वाधा आउन सक्छ । काममा मन नलाग्न सक्छ । आम्दानी कायम रहने छ । परिवारको सहयोग मिल्ने छ । शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ ।
मिथुन राशि
मिथुन राशि भएकाहरुको घर–परिवारको चिन्ता रहन सक्छ । वरिष्ठ व्यक्तिको मार्गदर्शन र सहयोग प्राप्त हुनेछ । जीवन साथीबाट साथ पाइने छ । परिवारमा खुशीको वातावरण रहने छ । बाहिर जान मन लाग्ने छ । शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट राशि
कर्कट राशि भएकाहरुले लेनदेनमा हतार नगर्नु होला । आवश्यक वस्तु समयमै नपाउँदा रिस उठ्न सक्छ । जग्गा–जमिन सम्बन्धी ठूलो कामबाट लाभ हुन सक्छ । उन्नतिको बाटो खुल्नेछ । शुभ रंग पहेँलो हो भने शुभ अंक ४ रहेको छ ।
सिंह राशि
सिंह राशि भएकाहरुको सृजनात्मक काम सफल हुनेछन् । बुद्धिमान व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । यात्रा रमाइलो हुनेछ । पार्टी तथा पिकनिकको आनन्द मिल्ने छ । खुशी रहने छ । शुभ रंग बदामी हो भने शुभ अंक १ रहेको छ ।
कन्या राशि
कन्या राशि भएकाहरुले मेहनत बढी गर्नु पर्नेछ । आम्दानी घट्न सक्छ । हतारमा महत्वपूर्ण निर्णय नलिनु होला । अनावश्यक समस्या आउन सक्छ । अरूको कुरामा नफस्नु होला । शुभ रंग पहेँलो हो भने शुभ अंक १ रहेको छ ।
तुला राशि
तुला राशि भएकाहरुको सामाजिक काममा रुचि बढ्ने छ । अरूलाई सहयोग गर्न सक्नु हुनेछ । मान–सम्मान बढ्ने छ । रोकिएका काम अघि बढ्नेछन् । परिवारको साथ पाइने छ । शुभ रंग आकाशे हो भने शुभ अंक २ रहेको छ ।
वृश्चिक राशि
वृश्चिक राशि भएकाहरुलाई उत्साहजनक समाचार प्राप्त हुनेछ । पुराना साथीहरूसँग भेट हुनेछ । नयाँ ठूलो कामको योजना बन्ने छ । दाजुभाइको सहयोग मिल्ने छ । व्यापार राम्रो चल्ने छ । शुभ रंग बदामी हो भने शुभ अंक ६ रहेको छ ।
धनु राशि
धनु राशि भएकाहरुको यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुन सक्छ । ठूलो समस्याको समाधान मिल्ने छ । व्यापारिक साझेदारले सहयोग गर्नेछन् । नयाँ काम सुरु गर्ने सोच बन्ने छ । शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ ।
मकर राशि
मकर राशि भएकाहरुले अनावश्यक जोखिम नलिनु होला । कसैको उक्साहटमा नआउनु होला । फजुल खर्च बढ्ने छ । लेनदेनमा हतार गर्दा हानि हुन सक्छ । जोखिमपूर्ण काम नगर्नु होला । शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ राशि
कुम्भ राशि भएकाहरुको रमाइलो यात्राको योजना बन्ने छ । अड्किएको पैसा फिर्ता आउन सक्छ । आम्दानी बढ्ने छ । बिग्रिएका काम बन्ने छन् । खुशी मिल्ने छ । भाग्यले साथ दिनेछ । शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ ।
मीन राशि
मीन राशि भएकाहरुको घर–परिवारसँग आराम र मनोरञ्जनमा समय बित्नेछ । मान–सम्मान बढ्ने छ । व्यापार राम्रो चल्ने छ । योजना सफल हुनेछ । कार्यस्थलमा परिवर्तन हुन सक्छ । साथीहरूको सहयोग मिल्ने छ । शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)