एक कांग्रेस चार ‘सभापति’, विवाद जताततै
rajdhanidaily.com · Sun Mar 22 23:10:54 GMT 2026

काठमाडौं, ८ चैत नि र्वाचनमा लज्जास्पद हार ब्यहोरेको नेपाली कांग्रेसभित्र दुई धार देखिँदा सभापतिका रूपमा मात्र चार जना नेता कायम देखिएको छ । जेनजी आन्दोलनअघि सभापति रहेका शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
१४औ ं महाधिवेशनबाट निर्वाचित देउवाले पद छाडेपछि विवाद बढ्दै जाँदा विशेष महाधिवेशनमार्फत गगनकुमार थापा सभापतिमा निर्वाचित भए । तर प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयपछि उनले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिए । गगनको राजीनामापछि यतिबेला शर्माको सभापतित्वमा कांग्रेसको बैठक जारी छ । बैठकमा हारको समीक्षा र राजीनामाको विषयमा छलफल जारी रहँदा विशेष महाधिवेशनप्रति असन्तुष्ट नेताहरू भने गगन नेतृत्वको केन्द्रीय समितिको विकल्पको खोजीमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)