मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेसनल प्याब्सन कोशी अध्यक्षमा कमल खनाल सर्वसम्मत चयन

rajdhanidaily.com · Sun Mar 22 23:19:20 GMT 2026

सुन्दरहरैंचा(मोरङ) । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा आयोजित अधिवेशनले हिमालय इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ।

अधिवेशनबाट उपाध्यक्षमा झापाका दीपक न्यौपाने, सचिवमा सुनसरीका सुरेन्द्र चौधरी, सहसचिवमा झापाकै सुवर्ण भट्टराई र कोषाध्यक्षमा मोरङका सन्तोष कुमार राई निर्विरोध चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सुनसरीका उमेश महतो, मोरङका लोक बहादुर रोका, महेन्द्र कुमार राई, झापाका धिरज नारायण गणेश चयन भएका छन्। कार्यसमितिको सल्लाहकारमा मोरङका कुमार विक्रम खवासलाई मनोनित गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)