प्रिन्सिपल राईको जितमा पूर्वाञ्चल पब्लिक स्कुल उत्साहित
rajdhanidaily.com · Sun Mar 22 23:37:19 GMT 2026

सुन्दरहरैंचा (मोरङ) । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशनबाट कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलका प्रिन्सिपल सन्तोष कुमार राईलाई विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गरेको छ।
आइतबार विद्यालय परिसरमा आयोजित विशेष बधाई तथा शुभकामना कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल, एकेडेमिक हेड, शिक्षक तथा शिक्षिकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले राईको नेतृत्व क्षमता, अनुभव र शिक्षा क्षेत्रप्रतिको समर्पणको प्रशंसा गर्दै सफल कार्यकालको कामना गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)