पराजुली र बुढाथोकीको जोडीलाई दोहोरी च्याम्पियनको उपाधि
nayapatrikadaily.com · Sat Oct 30 16:16:00 GMT 2021
प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले दोहोरी च्याम्पियनको उपाधि जितेको छ । नेपाल टेलिभिजनको आयोजनामा र कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपालमै पहिलोपटक आयोजना गरिएको प्रतियोगिताको शनिबार पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकीको जोडीले उपाधि जितेको हो । विजेता जोडीले नगद २० लाख र रिलायन्स लाइफको तर्फबाट एक करोडबराबरको जीवन बिमा पाए ।
शोभा कार्की र बालचन्द्र बरालको जोडी दोस्रो भएको छ । दोस्रो भएको जोडीले नगद १० लाख र रिलायन्स लाइफको तर्फवाट ५० लाख रुपैयाँबराबरको जीवन बिमा पुरस्कार हात पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)