मन्त्री पद गुमेपछि धरधरी रोए सदानन्द मण्डल, बिदाइ कार्यक्रममै भक्कानिए (भिडियो)
ratopati.com · Tue Jan 06 18:01:57 GMT 2026

विराटनगर । कोशी प्रदेशका निवर्तमान पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल मन्त्रालयबाट बिदाइ हुने क्रममा भावविह्वल भएका छन् । मन्त्री पदबाट हटाइएसँगै मन्त्रालयका कर्मचारीहरूसँग आयोजित बिदाइ कार्यक्रममा उनी भक्कानिएर रोएका हुन् ।
सार्वजनिक भएको भिडियोमा मण्डल निकै भावुक मुद्रामा देखिन्छन्। आँसु पुछ्दै उनले आफ्नो कार्यकालमा सहयोग गर्नेहरूलाई धन्यवाद दिएका छन्। उनले आफूलाई मन्त्री बनाउन र सांसद जिताउन भूमिका खेल्ने सुनसरी क्षेत्र नम्बर ४ का सभापति र सुनसरी जिल्लाको नाम राख्न सफल भएको भन्दै कृतज्ञता व्यक्त गर्दा उनको गला अवरुद्ध भएको थियो। उनी बोल्दाबोल्दै धरधरी रोएको दृश्य भिडियोमा देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)