आजको मौसम : बिहान बेलुका धुम्म, दिउँसो घाम र बादल, तत्काल पानी नपर्ने
Ujyaaloonline.com · Thu Dec 14 01:15:39 GMT 2023
काठमाण्डाै - बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पछिल्ला दिनमा बिहान बेलुका मौसम धुम्मिरहेको छ भने दिउँसो घाम– बादल भइरहेको छ ।
दिउँसो केहीबेर घाम लाग्ने र केहीबेर बादल लाग्ने भइरहेको हो । मौसम पूर्णरुपमा खुलेको छैन । आज, भोलि र पर्सिको मौसम पनि यस्तै रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले देशका धेरै ठाउँमा हिजो अस्तिको जस्तै गरी हुस्सु कुहिरो लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)