इन्डक्सन चुलोको भन्सार दर घटे पनि अकासिँदै बजार मूल्य
ekantipur.com · Sat Feb 12 00:58:17 GMT 2022
काठमाडौँ — सरकारले विद्युतीय चुलो (इन्डक्सन/इन्फ्रारेड स्टोभ) मा लाग्दै आएको भन्सार दर बर्सेनिजसो घटाइरहेको छ । आयातित इन्डक्सनको भन्सारमा लाग्ने कर कम गर्दा उपभोक्ताले सस्तो मूल्यमा किन्न पाउने र बिजुली खपतसमेत बढाउन सकिने अपेक्षा गरेर यस्तो नीति अघि सारिएको सरकारले बताउँदै आएको छ । तर घटाइएको भन्सारका बाबजुद इन्डक्सनको मूल्य भने लगातार बढिरहेको छ ।
अहिले इन्डक्सन होलसेलमा ३६ सय ५० रुपैयाँ र खुद्रामा ४५ सय रुपैयाँसम्म बिक्री भइरहेका छन् । होलसेलमा ३८ सय रुपैयाँमा पाइने इन्फ्रारेड चुलोलाई खुद्रा बजारमा ४५ सय रुपैयाँसम्म पर्छ । यी सामानको बजार मूल्य र भन्सार जाँचपासका क्रममा खुलाइएको मूल्यांकन रकम भने पटक्कै मेल खाँदैन । भन्सार मूल्यांकनभन्दा बजार मूल्य दोब्बरभन्दा बढी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)